टुबोर्गको ‘खोलौं रमेर’ प्रस्तुतिमा १० मिलियन प्लस भ्युज

नेपालको सबैभन्दा लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतको कयौ वर्षदेखि निकै नै गहिरो सम्बन्ध रहेको छ । टुबोर्गले सधै संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आएको छ । यसै सम्बन्धिगत ५ वर्षदेखि टुबोर्गले टुबोर्ग ओपेन अभियानद्वारा निरन्तर कैयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारसँग संलग्न भई संगीत क्षेत्रको उत्थान गर्दै आएको छ ।
टुबोर्गले नेपाललगायत भारत, चीन, टर्की, सेर्बिया साथै अन्य देशमा पनि टुबोर्ग ओपन अभियानद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारलाई जोडेर नयाँ संगीत सृजना गर्दै आएको छ । टुबोर्ग ओपेन अभियान, टुबोर्ग उत्पादन फैलिएका विभिन्न देशमा छैटौं पटक हुँदै छ भने नेपालमा यो पाँचौ पटक हुनेछ । टुबोर्ग ओपेनको हरेक वर्ष एउटा फरक थिम हुन्छ ।
यो वर्षको थिम भने ‘टेक द स्टेज’ भनेर रहेको छ जसमा अन्तर्राष्ट्रिय विश्वप्रख्यात कलाकारले उभर्दो स्वदेशी कलाकारलाई मेन्टरशीप प्रदान गरी उनीहरुलाई कसरी राम्रो गीत बनाउने र सांगीतिक उद्योगमा सफल कलाकार हुने जस्ता विषयमा मार्गदर्शन दिएका छन् । यसवर्ष टुबोर्गले लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनका लागि लिएको छ भने उनीसँगै जोडिएका छन्, नेपालका उदयीमान कलाकार भेक ।
उक्त मेन्टरिङ सत्र केही समयअघि लस् एन्जलसमा भएको थियो जहाँ भेकले स्टुडियोमा जेसन डेरुलोसँग समय बिताउने मौका पाएका थिए । यस वर्षको टुबोर्ग ओपनका लागि भेकले डेरुलोबाट पाएको निर्देशन तथा सुझावहरु प्रयोग गरि ‘खोलौं रमेर’ नामक गीत बनाएका छन् जसले युट्युबमा १० मिलियन भ्युजहरु पार गरिसकेको छ र भ्युजहरु बढ्ने क्रम जारी छ ।