Logo

दराजसँग ‘दराज १२.१२’ योजनाका लागि सानिमा बैंकको सहकार्य

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज १२.१२’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् १ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम् १,२१२ रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइनेछ ।

छुटका लागि ग्राहकहरूले दराजको एप वा वेबसाइटबाट लगईन गरी दिउँसो २ देखि ३ बजेसम्म बैंक भौचर संकलन गरी खरीद गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ता बन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ मंसिर २६ देखि पौष ३ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्