जलवायुलाई संस्कृतिसँग जोड्न आवश्यक

जलवायु युवा अभियन्ताहरुले जलवायुलाई संस्कृतीसँग जोड्न आवश्यक रहेको बताएका छन् । नेपाली युथ फर क्लाइमेट एक्शनले योमरी पुन्ही (उधौली पर्व) को अवसरमा पाटन दरबार स्क्वायरमा “जलवायु संस्कृति“ कार्यक्रम को अवसरमा जलवायुलाई संस्कृतीसँग जोड्न आवश्यक रहेको बताएका हुन् ।
जलवायु संस्कृति एक घटना हो जसले संस्कृति र जलवायुलाई जोड्छ । ऐेतिहासिक समय अवधिदेखि एकसाथ जोडिएका जलवायु र संस्कृती एक अर्कामा जोडिएको सरोकारवालाहरुको भनाइ छ । नेपालमा इन्द्रजात्रा, योमरी–पुन्ही, भूमे पूजा, उधौली पर्व जस्ता धेरै संस्कृति छन् । ती मध्ये इन्द्रजात्रा पनि एक हो जुन नेवारी संस्कृतिमा चल्ने र संस्कृति र वर्षासँग सम्बन्धित छ । तर जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा र चिसोले गर्दा कृषि र संस्कृतिमा समेत बाधा पुगेको युवा अभियन्ताहरुको भनाइ छ ।
नेपाली युथ फर क्लाइमेट एक्शनले संस्कृतिको माध्यमबाट जलवायु परिवर्तनको बारेमा मानिसहरूलाई सचेत गराउनु र अर्को पुस्तामा हस्तान्तरण गरी संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो । यस कार्यक्रमले स्थानीय जनतालाई जलवायु अनुकूलनका लागि स्थानीय सरकारसँग वकालत गर्न सचेत गराउने उद्देश्य राखेको छ ।
कार्यक्रममा नेपालको सांस्कृतिक मूल्यमान्यता र अभ्यासहरूलाई हाइलाइट गर्नुका साथै वातावरण र तिनीहरूको संरक्षणको लागि आवश्यकता समेत औल्याइएको थियो । कार्यक्रमको मुख्य आकर्षण नेपाल राष्ट्रिय खड्गी समाज ललितपुरले प्रस्तुत गरेको नयाखिन बाजा थियो । बाजाले जलवायु परिवर्तन र यसको संस्कृतिसँगको अन्तरसम्बन्धलाई उजागर गर्दै कार्यक्रममा जनताको ध्यानाकर्षण गराएको थियो ।
कार्यक्रम अन्तरक्रियात्मक र ज्ञान आदानप्रदानले भरिएको थियो जहाँ यस अभियानकी नेतृ प्रतिमा खड्गीले नेवा समुदायका विभिन्न संस्कृति र वातावरणसँगको उनीहरूको सम्बन्ध र संस्कृति र जलवायुसँग जलस्रोतको महत्त्वबारे प्रकाश पारिन् । त्यसैगरी नेटवर्क संयोजक उमेश बलाल मगरले जलवायुलाई संस्कृतिसँग जोड्ने र यो किन चिन्ताको विषय भएको बताए ।
सेभ द चिल्ड्रेन, नेपाल र डब्लुडब्लुएफ नेपालको सहयोगमा सिफ्ट अभियानअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको थियो । नेपाल राष्ट्रिय खड्गी समाज–ललितपुरका कलाकारहरूलाई विशेष धन्यवाद, तपाईंको साथ पनि हाम्रो लागि मूल्यवान थियो । कार्यक्रममा नेवा समुदायका युवाहरुको सांस्कृतिक नृत्य प्रस्तुत गर्दै मैदानमा रहेका १ हजारभन्दा बढी मानिसहरु र एक दिनमा सामाजिक सञ्जालमा ४ हजारभन्दा बढी मानिसहरु सम्म पुग्न सफल भएको थियो