Logo

ज्योति विकास बैंकद्वारा अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बाक्सिला स्वास्थ्य चौकी-खोटाङ, ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल-इलामलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ ।

बैंकले यी विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो । अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट बाक्सिला स्वास्थ्य चौकी, ओखलढुंगा सामुदायिक अस्पताल र इलाम जिल्ला अस्पतालका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

साथै सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको थियो । बैंकले डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा पछिल्लो २ वर्षमा देशका २३ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरिसकेको छ र यस वर्ष थप १० वटा बेबी वार्मर प्रदान गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्