माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोद्वारा शपथ ग्रहण

माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैँक सञ्चालक समिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।
माछापुच्छ्रे बैँकको मंसिर १२ गते सोमबार बसेको सञ्चालक समितिको बैंठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाइसकेका डा. महतो गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् ।