Logo

बैंक अफ काठमाण्डूको साधारण सभाबाट मर्जरसम्बन्धी निर्णय स्वीकृत

बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २८औं वार्षिक साधारण सभा मर्जरसम्बन्धी निर्णय गर्दै सकिएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ ।

सभाले २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्