फीन इलेक्ट्रो–टेक प्रदर्शनीमा अवलोकनकर्ताको घुइँचो

काठमाडौंको भृकुटीमण्डमा जारी विद्युतीय सामग्री र सेवा प्रवाह सम्बन्धी बृहत् प्रदर्शनी फीन इलेक्ट्रो–टेक २०२२ मा अवलोकनकर्ताको सहभागिता उत्साहपूर्ण रहेको छ । नेपाली उपभोक्ताको रुची र सामथ्र्य अनुसारका सामग्रीहरुबाट अवलोकनकर्तामा उत्साह बढेको पाइएको छ । खासगरी विद्युत प्रविधि क्षेत्रका विज्ञहरुको उपस्थिति बढी रहेको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा विद्युतीय क्षेत्रका सरोकारवालाको भेटघाट, छलफल र अन्तरक्रिया भएका छन् । प्रदर्शनी नेपालको एक मात्र इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनी एवं गोष्ठीको दसैं संस्करण हो । फीन इलेक्ट्रो–टेक– २०२२को नारा ‘नेपालको समृद्धि, उर्जा खपत अभिवृद्धि’ रहेको छ ।
मेलाको टाइटल स्पोन्सर राठी स्वीच एण्ड केबुल (अन्नपूर्ण ग्लोवल इम्पेक्स प्रा.लि.) रहेको छ । प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबुल (महालक्ष्मी वायर एण्ड केबुल इन्डष्ट्रिज प्रा.लि.), डायमण्ड स्पोन्सरमा ग्रेटह्वाइट (मित्तल ओभरसिज प्रा.लि.), गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक (एनजी इलेक्ट्रिकल्स प्रा.लि.) जानकी केबुल (जानकी केबुल इन्डष्ट्रिज प्रा.लि.), लिशा स्वीच (वेलकम टेक्नोल प्रा.लि). र ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) रहेका छन् ।
चार वर्षपछि भएको प्रदर्शनीमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु राखिएको छ । गुणस्तरीय सामानको उत्पादन तथा बिक्री वितरण मार्फत उपभोक्तालाई सुविधा दिनु पनि मेला आयोजनाको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ । फिन इलेक्ट्रो टेक २०२२ लाई भव्यता प्रदान गर्न तथा प्रदर्शनी प्रति ऐक्यवद्धता जनाउँदै विभिन्न संघ संस्थाहरुले सहयोग गरेका छन् ।