Logo

कता जाला विश्व अर्थतन्त्र ?

विश्वमा देखिएको विस्तारले आगामी वर्षहरूमा संयुक्त राष्ट्रसंघले सन् २०३० सम्मको आर्थिक विकासको लक्ष्यअनुसारको विवरण हासिल हुने सम्भावना भने कमजोर रहेको बताइएको छ ।

कोभिड–१९ को प्रभाव सन् १९३० र सन् २००८/०९ को विश्व आर्थिक संकटभन्दा पनि ठूलो रहने प्रक्षेपण गरिएको थियो । अन्तर्राष्ट्रिय मुद्रास्फीतिले पनि सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धि ३ प्रतिशतमा खुम्चिने आकलन गरिएको थियो । विश्व बैंकले विश्व अर्थतन्त्र २.१ देखि ३.९ प्रतिशतले घट्ने अनुमान गरिएको छ । विश्वका ठूला अर्थतन्त्र ३ प्रतिशतसम्म गिरावट आउने आकलन गरिएको थियो भने उपयोगकर्ताको आम्दानी हुने ह्रासले उपभोगको दरमा न्यूनीकरण हुने र यसबाट वस्तु तथा सेवाको मागमा गिरावट ल्याउने अनुमान छ ।

अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२० मा विश्व अर्थतन्त्र ४.९ प्रतिशत संकलन हुने प्रक्षेपण गरिएको छ । कोभिड–१९ को महामारीका कारण वैदेशिक लगानीमा पनि प्रभाव परेको थियो । वैदशिक लगानीमा लगानी क्षेत्रमा बनावटी रूपमा गिरावट आएको थियो । सन् २०२० मा ४० प्रतिशतले वैदेशिक लगानी घट्ने प्रक्षेपण रहेको थियो । महामारीका कारण सन् २०२१ मा थप ५ देखि १० प्रतिशतसम्म भएको गिरावट आउने र महामारी नियन्त्रणका प्रयासले सार्थकता पाएको अवस्थामा सन् २०२२ देखि मात्र वैदेशिक लगानीको क्षेत्र सामान्य अवस्थामा आउन सक्ने अनुमान थियो ।

कोभिड–१९ का कारण बन्दाबन्दीका बेलामा १७ प्रतिशत उद्योगहरूको ७३ प्रतिशत औद्योगिक उत्पादन कारोबार घटेको देखाएको छ । बन्दाबन्दीमा २२.५ प्रतिशतले श्रमिकले रोजगारी गुमाएका थिए । विश्व बैंकको सन् २०२० अक्टुबरको बाह्य अनुदानपूर्व एसियन र प्रशान्त क्षेत्रमा आर्थिक वृद्धिदर ०.५ प्रतिशतमा सीमित हुने तर दक्षिण एसियाको वृद्धिदर २.७ प्रतिशत, सहरी क्षेत्रको २.८ प्रतिशत, मध्यपूर्वी क्षेत्रको ४.२ प्रतिशत, युरोप तथा मध्यएसियाको ४.७ प्रतिशत तथा ल्याटिन अमेरिकाको ७.२ प्रतिशतको संकुचन हुने तथ्य प्रक्षेपण गरिएको थियो । विद्यमान महामारी २०१९/२० का कारण सन् १८७० देखि पछिका यस अवधिमा महामारी ठूलो दरमा गिरावट आउने अनुमान गरिएको थियो ।

नेपालको वर्तमान पन्धौं योजनामा २०७६/७७ देखि २०८०/८१ सम्ममा उद्योगका विकास तथा व्यवस्थापन सोचतर्फ हेर्दा आर्थिक समृद्धिका लागि दिगो, रोजगारमूलक र उच्च प्रतिफलयुक्त औद्योगिक विकास लक्ष्य औद्योगिक क्षेत्रको विकास र विस्तारद्वारा राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रका योगदान बढाउने रहेको छ । पन्ध्रौं योजनाको उद्योग क्षेत्रको उद्देश्यमा औद्योगिक उत्पादन वृद्धि गरी जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउने, उद्योगका प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्ने र लगानीमैत्री वातावरण सिर्जना गरी उद्योग क्षेत्रको स्वरोजगार विदेशी लगानी बढाउँदै थप अवसर सिर्जना गर्ने तीन उद्देश्य रहेका छन् ।

नेपालको उद्योग क्षेत्रका लागि औद्योगिक व्यवसाय ऐन, कम्पनी ऐन, विदशी लगानीसम्बन्धी ऐनहरू, समसामयिक बन्ने क्रममा अरू पनि छन् भने विदेशी लगानी नीति–२०७१, बिप्पा सम्झौता, भैरहवा क्षेत्र आदि कुनै बने त कुनै बन्न बाँकी छन् । लघु उद्योग विकास कार्यहरूलाई ७७ जिल्लाहरूमा विस्तार गर्ने कार्य हुँदै गएको छ । दुई ठूला देशबीचको स्थिर सम्बन्ध विश्व रणनीतिक स्थिरताको आधार हो । चीन र अमेरिकाबीचको सम्बन्ध समस्त विश्वको सबैभन्दा महत्त्वपूर्ण दौत्य सम्बन्धमध्येको एक रहिआएको छ । प्रणाली, संस्कृति, राष्ट्रिय अवस्था, विकासक्रम फरक भएकाले चीन र अमेरिकाबीच मतभेद हुनु सामान्य अवस्था हो ।

विश्वको सबभन्दा ठूलो विकासोन्मुख देशका रूपमा रहेको चीनमा अझै १ करोड ६६ लाख जनता गरिबीको अवस्थामा छन्, तर चीनले आपूmले लिन पर्ने अन्तर्राष्ट्रिय जिम्मेवारी छोडेको देखिँदैन । अमेरिका भन्छ कि विश्वको ठूलो विकसित देशका रूपमा रहेको अमेरिका दुई देशको जिम्मा अझ लिनुपर्छ । तर, अमेरिकाले चीनलाई विश्वस्तरको जिम्मेवारी लिनुपर्ने बताएको छ । चीनमा दुई दशक लामो औद्योगीकरण र दुई अंकको आर्थिक विकास भए पनि वातावरण सुधार्न सकेको देखिँदैन । त्यसै कारणले चीनको कम्युनिस्ट पार्टीले आगामी वर्षहरूमा वातावरण प्रदूषण हटाउन जोड दिने भनिएको थियो ।

कोरोना भाइरस महामारीबाट केही राहत प्राप्त भएकाले चीनको निकासी सन् २०२० जुलाईमा ७.२ प्रतिशतले बढेको पाइन्छ । चीनको आर्थिक वृद्धिदर सन् २०२० जनवरीतिर विगत ३० वर्षयताकै भन्दा कम अर्थात् ६.१ प्रतिशत भएको थियो । यो कोरोना भाइरस महामारीको सुरु थियो । तसर्थ कोराना भाइरसका कारण २०२० र २०२१ मा चीनको आर्थिक वृद्धि कम हुने नै भयो अर्थात् ६.१ प्रतिशतको आर्थिक वृद्धिभन्दा कममा ३.२ प्रतिशतमा रहने आकलन गरिएको थियो । अमेरिकासँग भन्सार दरमा केही खिचलो देखिए पनि अमेरिकातर्फ चीनको निकासी १२.५ प्रतिशतले अगस्ट २०२० मा बढेको भनिन्छ ।

विश्वको निकासी वृद्धिदर जुनको ३ प्रतिशत वृद्धिभन्दा बढी छ । चीनमा जुन–जुलाईमा निकासीमा समग्र वृद्धि भएको देखिन्छ । चीनमा २०१९ को अन्त्यतिरबाट भएको कोरोना महामारीपश्चात् पनि अर्थतन्त्रमा उपलब्धि हासिल गरेको देखिन्छ । कोरोना भाइरस महामारीपश्चात् विश्वको दोस्रो अर्थतन्त्र चीनको आर्थिक वृद्धि ३.२ प्रतिशत रहन गएको बताइन्छ । आईएमएफले बताएअनुसार सन् २०१९, सन् २०२० र त्यसपश्चात्मा विश्वव्यापी वृद्धिदर ३.५ प्रतिशत हुने देखिन्छ । फेरि विश्व बैंकले विश्वको सन् २०२० को आर्थिक वृद्धिदर २.२ प्रतिशत रहने भनेको थियो । २०२१ र २०२२ मा पनि यस्तै आकलन गरिएको थियो ।

सन् २०१७ को सुरुवाततिरदेखि २०१८ र २०१९ मा विश्वको व्यापारिक नतिजामा व्यापक सुधार आएको थियो । अघिल्ला समयमा व्यापारिक जोखिममा वृद्धि हुने भनिएको थियो । पछिल्ला समयमा अमेरिकाको व्यापारिक नीतिमा देखिएका अनुदारवादी नीतिले विश्व व्यापार कमजोर गरिएको थियो । विश्व बजारमा पछिल्लो समय एसियादेखि युरोप र युरोपदेखि अमेरिकासम्मको व्यापारिक नतिजामा गिरावट आएका कारण जोखिम बढेको थियो । युरो क्षेत्रको व्यापारिक नतिजामा भने २०१७ को सुरुवातमा उल्लेख्य सुधार आएको पाइएको थियो । सन् २०१६ मा आर्थिक हिसाबमा केही कमजोर देखिएको युरोप २०१७ को सुरुवातमा केही बलियो देखिएको थियो । अमेरिकाको व्यापारिक नतिजा २०१७ मा बलियो भएको पाइयो ।

आधिकारिक तथ्यांकअनुसार विश्वको बीउबिजनमा पनि आर्थिक वर्ष सन् २०१७/१८ मा केही गिरावट आएको थियो । यस अवधिमा २ अर्ब ५९ अर्ब टनबराबरको बीउ उत्पादन भएको थियो । सन् २०१८ मा विश्वको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा रहेको थियो । यो सन् २००९ यताकै सबभन्दा बलियो आर्थिक सुधार थियो । २०१९ का लागि विश्वको आर्थिक वृद्धिदर केही कमजोर हुने अनुमान थियो । २०१९ का लागि ३.७ प्रतिशत विश्व आर्थिक वृद्धिदर रहने आधिकारिक अनुमान थियो ।

सन् २०१७ का लागि आईएमएफले यसअघि गरेको ३.६ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमानमा कम गर्दै विश्वको आर्थिक वृद्धिदर ३.४ प्रतिशतको हुने अनुमान गरिएको थियो । आईएमएफको अनुमानअनुसार प्रतिवर्ष विश्वको आर्थिक वृद्धिदरमा ०.२ प्रतिशतका दरले गिरावट आउन सक्ने भन्दै आएको थियो । सन् २०१६ मा आर्थिक संकट आएको र त्यसबेला सम्पन्न देशहरूको आर्थिक वृद्धिदर पनि औसत मात्र रहेको कारण आर्थिक वृद्धिदरको नतिजा कमजोर थियो ।

एसियाका लागि पनि सन् २०१७ को सुरुवात सुखद रहेको थियो । २०२१ सुरुवाततिर भारतको सेवाको व्यापारमा गिरावट आएको थियो भने चीनको उत्पादनको नतिजामा गिरावट आएको थियो । सन् २०१७ को अगाडि भारत बजारबाट आफ्नो नोट फिर्ताको विषयलाई लिएर समस्यामा भएको कारण भारत आर्थिक हिसाबमा कमजोर रहेको थियो । तर, केही देशहरूको व्यापारिक नतिजामा केही गिरावट आएको थियो । सन् २०१७ को सुरुमा बेलायतको सेवाको क्षेत्रमा गिरावट आएको थियो ।

२०१६ को डिसेम्बरमा उत्पादनको सूचक डेढ वर्षयताको सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो । सन् २०१७ मा युरो क्षेत्रमा देखिएकोे सुधारको नतिजा सन् २०११ को मे महिनापछिका यताको सबैभन्दा सुधारको नतिजा थियो । विश्व बजारमा खाद्यानको मूल्य २०७३ वैशाखतिर अर्थात् २०१६ अप्रिलतिर केही सुधार आए पनि अप्रिल २०१९ मा पनि अझै कमजोर रहँदै आएको थियो ।

त्यो बेलातिर विश्व बजारमा खाद्यान्नको मूल्य ०.७ प्रतिशतको वृद्धिदर रहेको थियो । त्यो बेलातिर सामान्य किसिमका वृद्धिदर हासिल भए पनि यो खाद्यान्नको मूल्यको नतिजा त्यसपछि पनि अझ १० प्रतिशतले कमजोर रहँदै आएको थियो । २०१६ का पछिल्ला महिनामा खाद्यान्नको मूल्य कमजोर रहँदै आएको थियो । २०१६ मा विश्व बजारमा देखिएको कमजोर अर्थतन्त्रको कारण खाद्यान्नको मूल्यमा लगातार गिरावट आउँदै गरेको थियो । तर, अप्रिलपछि सुधारको संकेत देखिएको थियो ।

समस्या तथा सुझाव

विश्व अर्थतन्त्र सन् २०१९ मा स्थिर अवस्थामा रहने आधिकारिक स्रोतले बताएको थियो । विगत सन् २०१७ मा विश्वको आर्थिक क्षेत्र कमजोर रहेको देखिएको थियो । आर्थिक क्षेत्रमा विश्वमा महत्त्वपूर्ण हासिल भएको थियो । विभिन्न देशका आर्थिक क्षेत्रहरूमा सुधार आउनुको पछाडि विश्व व्यापारमा देखिएको सुधार र लगानीको अवस्थामा देखिएको सुधार नै मानिएको थियो । भविष्यमा सुधारका लागि संघर्ष गरिरहेका देशलाई उचित किसिमको आर्थिक नीतिहरू ल्याउनका लागि सहयोग हुर्दै जाने हुन्छ ।

बितेका वर्षहरूमा विश्वको आर्थिक गतिविधिहरू विशेष गरी आर्थिक वृद्धिदर हासिल गर्ने देशहरू तथा विकासशील देशहरूमा कमजोर देखिँदै गएकाले आगामी वर्षहरूमा आर्थिक वृद्धिदर कमजोर रहनेछ । भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ मा विश्वकै पाँचौं ठूलो अर्थतन्त्र बनेको थियो । भारत २०१८ अघि विश्वको सातौं ठूलो अर्थतन्त्र थियो । भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा ल्याउने योजना गरेको थियो । तर, २०१९ को कोरोना भाइरसले भारतसहित विश्वलाई नै आर्थिक संकटतर्फ सन् २०२२ सम्म पनि गाँजिदियो ।

विश्वमा देखिएको विस्तारले आगामी वर्षहरूमा संयुक्त राष्ट्रसंघले सन् २०३० सम्मको आर्थिक विकासको लक्ष्यअनुसारको विवरण हासिल हुने सम्भावना भने कमजोर रहेको बताइएको छ । तर, विवरणले विश्व आर्थिक क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भइरहेको देखिएको छ । विश्व बजारमा देखिने गरेका कमजोर तेलको मूल्यका कारण विश्वका देशहरूको निर्यात व्यापारमा उल्लेख्य गिरावट आउने गरेको देखिएको छ ।

विश्वको व्यापारिक क्षेत्र सन् २०११ देखि २०१६ सम्मकै कमजोर गतिमा २०१६ मा देखिएको थियो । विश्व बजारको आर्थिक अवस्थामा कमजोर रहेका कारण विश्वका मुख्य आर्थिक व्यापार गर्ने देशहरूलाई सन् २०१६ पछिका २०२२ सम्मका अवधिमा बलियो आर्थिक नीति ल्याएर व्यापारिक सन्तुलन कायम गर्नका लागि विश्वका वितीय संस्थाहरूले मद्दत गर्दै आएका छन् । तर, ठूला देशबीच द्वन्द्व र कोरोना भाइरसले विश्वको अर्थतन्त्रलाई नराम्रो पार्दै लग्यो ।

(लेखक व्यापार तथा निकासी प्रवर्द्धनका पूर्वनायब कार्यकारी निर्देशक हुन् ।)

प्रतिक्रिया दिनुहोस्