Logo

१२ करोड लगानीमा बनेको थ्री सिक्स्टी स्काई होटल सञ्चालन

पर्यटकीय नगरी पोखरामा करोडौंका होटल तथा रेष्टुरेण्ट थपिने क्रम जारी रहेको छ । पछिल्लो समयमा पोखराको एक प्रतिष्ठित व्यवसायीक समूह चिल्ली ग्रुपको लगानीमा पोखरा-६ हल्लनचोकमा हिमालयन ग्लोरी इन प्रन.लि.ले थ्री सिक्स्टी स्काई लाउन्ज (रेष्टुरेण्ट) तथा होटल सञ्चालनमा ल्याएको छ ।

भूकम्प र कोरोनाको कारण बैंकको व्याजदर बढ्दा-बढ्दै पनि जोखिम मोलेर पोखरामा पर्यटनको अथाह सम्भावना देखेर आफूहरुले लगानी गरेको प्रा.लि.का निर्देशक विश्वराज पौडेलले बताए । पोखरामा सन २०१८ देखि उक्त परियोजनाको निर्माण कार्य सुरु गरे पनि निर्धारित समयभन्दा करिब साँढे दुई वर्ष ढिलो गरी हालै सम्पन्न हुँदा करिब २ करोड बढी आर्थिक भार भएको अर्का निर्देशक भिष्मराज पौडेलले बताए ।

उनका अनुसार उक्त परियोजना सम्पन्न गर्न करिब १२ करोड लगानी भएको छ । आधुनिक शैलीमा बहू विशेषतायुक्त भवन निर्माण गर्ने उदेश्यका साथ सुरु गरिएको हिमालयन लोरी इनमा एउटै छाना मुनि विभिन्न सुविधाहर उपलब्ध रहेको कम्पनीको दाबी छ । पहिलो तलामा व्यवसायीक सटरहरु तथा एटिएम लाउन्ज फर्स्ट फ्लोरमा बैंक तथा वित्तीय संस्थाको लागि उपयुक्त स्थान रहेको निर्देशक विश्वराजले बताए ।

बाल्कोनीसहितका १५ कोठा भएको होटल एवं रिसेप्रपको दुई वटा हल्लामा व्यवस्थित लाउन्ज र रेस्टुरेन्ट निर्माण गरिएको निर्देशक भिष्मले बताए । भवनमा आधुनिक लिफ्ट समेत जडान गरिएको छ भने भूकम्प प्रतिरोधी भवन निर्माण गरिनुका साथै अग्नि नियन्त्रण प्रणाली जडान गरी वातावरण मैत्री संरचना निर्माण गरिएको अर्को निर्देशक विशालराज पौडेलले बताए ।

थ्री सिक्स्टी स्काई लाउन्ज, यस भवनको स्ट्रक्चर डिजाइन गर्दा नै टप फ्लोरमा वाई गार्डेनसहितको व्यवस्थित किचन तथा बार निर्माण गरी स्काई लाउन्ज सञ्चालन गर्ने गरि निर्माण गरिएको कम्पनीले जनाएको छ । उक्त रेष्टुरेण्टको माथिल्लो तलाबाट सुन्दर हिमश्रृंखला, फेवाताल, सराङकोट, शान्ति स्तुपा, बिशाल महादेवको मुर्ति लगायत दृष्य अवलोकन गर्न सकिने भएको निर्देशक भिष्मराजले जनाए ।

रेष्टुरेण्टमा नेपाली र इन्डियन खानाका परिकारहरु तथा बजारमा उपलब्ध सबैमा पिय पदार्थ तथा कक्टेल, मक्टेलका परिकारहरुको स्वाद लिन सकिने कम्पनीका कर्पोरेट म्यानेजर लेखनाथ पहारीले बताए । ३०-४० जनाको मिटिङ क्षमताको मिनी मिटिङ हल रहेको रेस्टुरेन्टमा १ सय ६५ सिट क्षमता रहेको उनले जनाए ।

नेपालीपन झल्कने गरी मिटिङ लोकेसनहरुको नामकरण गरिएको (जस्तै मझेरी, भट्टी, वहन पलेटी कौशी, पालि, पानी फोहोरा र खुल्ला आकाश) कम्पनीले जनाएको छ । अधिकांश फर्निचर एवम् सजावटका सामग्रीहरु नेपाल बनेका प्रयोग गरिएको छ र निर्माण गर्ने निर्माण सामाग्री समेत नेपाली नै प्रयोग गरिएको कम्पनीको दाबी छ । रेस्टुरेन्टमा हरेक हप्ता ३ दिन सोलो आर्टको सुमधुर सांगीतिक प्रस्तुति पनि रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्