Logo

बीवाइडीको इलेक्ट्रीक कार किन्नेलाई नबिल बैंकले कर्जा दिने

नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।

सम्झौता अनुसार अहिले बीवाइडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको लागि फाइनान्स सुविधा पाउने छन् । बैंकसँगको सम्झौता अनुसार बीवाइडीको कुनै पनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा पुग्छ ।

साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू इ-६ एमपीभी नेपालमा बिक्री गर्दै आएको छ । अल न्यू इ-६ नेपालमा उपलब्ध इलेक्ट्रीक भेहिकल मध्ये सबैभन्दा धेरै रेन्ज दिने ईभी हो । साइमेक्स इंकले अघिल्लो महिनाबाट नेपालमा बिक्री सुरु गरेको नयाँ मोडल एटो-३ को मूल्य ८९ लाख ९० हजार र अल न्यू इ-६ को मूल्य ५९ लाख तोकेर बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्