Logo

सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७८/०७९ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद गरी कुल १३.१६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३१ रुपैयाँ रहेको छ ।

सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो । गत वर्ष बैंकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्