डिस होमका ग्राहकले विश्वकप हेर्न पाउने

डिस होमका ग्राहकले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्न हेर्न पाउने भएका छन् । डिस होम प्रयोग गरिरहेका ग्राहकले विश्वकप प्याकेजका लागि ५ सय ६५ रुपैयाँ शुल्क तिरेर सो प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
यसरी प्याकेज गरिद गरेका ग्राहकले विश्वकपका सम्पूर्ण खेलहरु हेर्न पाउने कम्पनीका महाप्रवन्धक रमेश सापकोटाले बताए । उनले भने, “फुटबलको महाकुम्पको प्रत्यक्ष प्रसारण डिसहोमका ग्राहकलाई सुविधा दिने गरेर प्याकेज ल्याएका हौं ।”
डिस होमको (डिटिएच)सेट अफ बक्स र आइपी टिभी प्रयोग गरिरहेका ग्राहकले थप ५ सय ६५ रुपैयाँ भुत्तिनी गरेर वल्डकपको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ । ग्राहकले आइएमई पे, खल्ती, इ–सेवा, पे प्वाइट, प्रभु पे अनलाइन भुक्तानी गर्न सक्ने छन् भने डिस होमको डिलरबाट पनि योजना खरिद गरी विश्वकप हेर्न पाउने कम्पनीले जनाएको छ ।