Logo

चिलिमे जलविद्युतले १५ प्रतिशत लाभांश दिने

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले सेयरधनीलाई यो वर्ष १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि ३ पुसमा एक दिन बुक क्लोज गरेको छ । उक्त बुक क्लोजका आधारमा २९ मंसिरसम्म कायम सेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

१ पुसमा सेयर कारोबार नहुने र २ पुसमा सार्वजनिक बिदा परेकाले लाभांश प्राप्त गर्न २९ मंसिरसम्म कम्पनीको सेयरधनीका रूपमा कायम हुनुपर्नेछ । कम्पनीले वार्षिक साधारणसभा २२ पुसमा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्