Logo

सिटी एक्सप्रेसले दियो दसैंतिहार योजनाअन्तर्गतका विजेतालाई उपहार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको ‘विदेशबाट सिटी आयो, दसैंतिहारलाई गोल्डेन बनायो’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । ‘विदेशबाट सिटी आयो, दसैंतिहारलाई गोल्डेन बनायो’ योजनाअन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिट्यान्स पठाउने जिवन रायमाझीलाई ‘पाँच तोला सुन’ हस्तान्तरण गरेको हो ।

यस्तै कम्पनीले युकेबाट रेमिट्यान्स पठाउने नुना गुरुङलाई १ तोला सुन, कोरियाबाट रेमिट्यान्स पठाउने रीनाकुमारी तामाङलाई एक तोला सुन, मलेसियाबाट रेमिट्यान्स पठाउने पुर्ण रोकालाई दश तोला चाँदी, जापानबाट रेमिट्यान्स पठाउने रबिन्द्र मानन्धरलाई दश तोला चाँदी, कुवेतबाट रेमिट्यान्स पठाउने सुनिता दराईलाई दश तोला चाँदी हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदीस्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम, नेपाली चर्चीत नायिका पूजा शर्मा, नेपाल इन्भेस्ट्मेन्ट बैंकका उपमहाप्रबन्धक बिजेन्द्र सुवालको उपस्थिति थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दसैं, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुसी साट्न लगातार ६३ दिनसम्म चल्ने ‘विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो।

सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली मेगा बम्पर विजेतालाई पाँच तोला सुन उपहार प्रदान गर्ने योजना थियो । जसअन्तर्गत एक हजार ८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर), ९ जनाले साप्ताहिक उपहार (१०/१० तोला चाँंदी) र २ जनाले मासिक उपहार (१/१ तोला सुन) जित्न सफल भएका छन् । उक्त योजना भदौ १५ देखि कार्तिक १५ गतेसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्