स्पार्क एड्भेन्चर कार्यक्रममा अभिनेता हमालको सहभागीता «

स्पार्क एड्भेन्चर कार्यक्रममा अभिनेता हमालको सहभागीता

स्पार्क ग्रुपले लमजुङको भुजुङ गाउँमा हनी हन्टिङसहित आयोजना गरेको ’स्पार्क एड्भेन्चर’ कार्यक्रममा अभिनेता राजेश हमालसहित २ सय जना सहभागी हुने भएका छन् ।

मंसिर २२ देखि २४ गतेसम्म आयोजना हुने यस एड्भेन्चरमा अभिनेता हमाल, विपिन कार्की, तिलगंगा अस्पतालका पिताम्बर अधिकारी, पाइलट विजय लामा, रंगकर्मी सुनिल पोखरेल, डाक्टर लोचन कार्की लगायत २ सय जना सहभागी हुने स्पार्क समूहका अमरदीप भट्टराइले जानकारी दिए ।

गायक रामकृष्ण ढकालसहित कार्यक्रममा पत्रकार किशोर नेपाल तथा सञ्चारकर्मी भूषण दाहाल लगायतको सहभागीता रहने भट्टराईले जानकारी दिए । असाधारण यात्राको अनुभवसँगै नेपालमा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्दै विभिन्न क्षेत्रका विज्ञबीच सम्बन्ध कायम गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको भट्टराईको भनाइ छ ।

मंसिर २२ गते विहान काठमाडौंमा उदघाटन गरेर भुजुङको यात्रा सुरू हुनेछ । भुजुङ पुगेपछि त्यहाँको होमस्टेमा बस्ने र भुजुङ गाउँमा साहसिक अफ रोड यात्रा, जंगली मौरीको मह काढ्नका लागि पदयात्रा गर्ने योजना छ । त्यसैगरी स्थानीय लोकसाँस्कृतिक कार्यक्रम, बेसीसहरमा रामकृष्ण ढकालसँगै म्युजिकल ककटेल डिनर नाइट यो यात्राको मुख्य आकर्षण रहेको आयोजक समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्