आज पनि घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

शेयर बजार आज पनि घटेको छ । शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । लगातार तेस्रो दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६१ अंकले घटेर एक हजार नौ सय १७ दशमलव २८ विन्दुमा झरेको छ ।
आज दुई सय ४६ वटा कम्पनीका ८० लाख ९२ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर शेयर ६७ करोड रुपैयाँ र शिवम् सिमेन्टको शेयर १३ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको छ ।
आज नदीप लघुवित्तको शेयर १० प्रतिशत र ग्लोबल आईएमई बैंकको शेयर साढे ९ प्रतिशतले घटेको छ भने खप्तड लघुवित्तको शेयर ६ प्रतिशतले बढेको छ ।