Logo

सेगवेले उपत्यकामा ईभी-चार्जिङ स्टेशन जडान गर्ने

सेगवे-नाइन बटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने घोषणा गरेको छ । यी चार्जिङ स्टेशनमा छिटो चार्ज हुने फास्ट-चार्जरहरू उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सेगवेको यो शुरुवातले ग्राहकको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउने विस्वास लिएको कम्पनीको भनाइ छ । सेगवे ई–स्कुटरका चालकले कम चार्जको बारेमा चिन्ता र डरबिना लामो दूरीको यात्रा मज्जाले गर्न सक्ने बताइएको छ । यो सुविधा फाइदामुलक हुनुका साथै प्रभावकारी हुने कम्पनीको दावी छ ।

सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहव प्रालिले भक्तपुर, ललितपुर र काठमाडौंका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्