Logo

सानिमा बैंकमा शून्य मौज्दात खाता खोल्न सकिने

सानिमा बैंकले १८औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधासहितको जेनेरेसन सानिमा सेभिङ खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता १८ वर्षभन्दा माथिका युवा वर्गलाई लक्षित गरी ल्याइएको बचत खाता रहेको बैंकले जनाएको छ ।

शून्य मौज्दातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, इ–कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो शेयर निःशुल्क जारी गरिनेछ । साथै, बैंकले निःशुल्क भेरिफाइड बाइ भिसा दर्ता, निःशुल्क सिआस्बा आवेदन, देशभरका भिसा नेटवर्क एटीएममा मासिक ३ निःशुल्क रकम झिक्न सकिने र निःशुल्क इ स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको छ ।

यसका साथै विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम/छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरुको सेवा शुल्कमा ०.२५ प्रतिशत छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८ प्रतिशत छुट, स्विफ्ट र डिमान्ड ड्राफ्टको शुल्कमा १८ प्रतिशत छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८ प्रतिशत छुट दिने व्यवस्था ल्याएको छ । यस खाताले युवाबीच बचत गर्ने बानी र डिजिटल बैंकिङ्गको प्रयोगलाई बढावा दिने बैंकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्