कच्चा पदार्थको सहज आपूर्ति गर्न सुनचाँदी व्यवसायीको माग

सुनचाँदी व्यवसायीले कच्चा पदार्थको सुलभ र प्रभावकारी आपूर्ति व्यवस्थापन गर्न आग्रह गरेका छन् । कच्चा पदार्थको अभावमा व्यवसाय सञ्चालनमा नै कठिनाइ भएको भन्दै उनीहरुले आपूर्ति व्यवस्थालाई सुधार गर्न आग्रह गरेका हुन् । पछिल्लो समयमा विभिन्न बैंकमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदै आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको प्रतिनिधिमण्डलले नेपाल सुनचाँदी व्यवसायी महासंघमा ज्ञापनपत्र बुझाउँदै आपूर्ति व्यवस्था प्रावकारी बनाउन र यसका लागि सरकारसँग आवश्यक समन्वय समेत गर्न आग्रह गरिएको हो । बजारको माग भने यो भन्दा निकै बढी भएको व्यवसायीको भनाइ छ ।
प्रतिनिधि मण्डलले महासंघका अध्यक्ष माणिकरत्न शाक्यलाई सुनको वितरण प्रणालीमा समेत सुधार गरी समसामयिक र व्यवहारिक वनाउन तथा सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी प्रभावकारी ब्यवस्था गर्न समेत आग्रह गरेको छ । महासंघका अध्यक्ष शाक्यले व्यवसायीका गुनासालाई महासंघले गंभिर रुपमा लिएको र समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।