साना किसान लघुवित्तले २७.३७ प्रतिशत लाभांश दिने

साना किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश गरी कुल २७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७ रुपैयाँ रहेको छ ।
सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो । कम्पनीले गत वर्ष भने २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ ।