टेलिकमको कार्डबाट रिचार्ज गरे १० जीबीसम्म डेटा पाइने

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ ।
ग्राहकले २ सय, ५ सय र १ हजार दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । यसअनुसार २ सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १ दिन प्रयोग गर्न सकिने १ जीबी डेटा पाइनेछ भने ५ सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी १ हजार रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बोनसस्वरुप प्राप्त हुनेछ । यो अफर २० मंसिरदेखि आगामी १९ पुससम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने बताइएको छ । यस अफरबाट ग्राहकले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा लिएको कम्पनीले जनाएको छ ।