Logo

मितेरी डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजारको १२.३५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्