नेशनल आन्ट्रप्रेनरसिप वल्र्डकप २०२२ वेदलाई

वेद स्कुल मेनेजमेन्ट सफ्टवेयरले आन्ट्रप्रेनरसिप वल्र्डकप स्टार्टअप प्रतिस्पर्धा जितेको छ । नेपाली युवा उद्यमी फोरमले आयोजना गरेको प्रतिस्पर्धा वेदले जितेको हो । २८ नोभेम्बरमा उद्योग वाणिज्य महासंघको टेकुस्थित केन्द्रीय कार्यालयमा यसको फाइनल गरिएको थियो ।
प्रतिस्पर्धामा युवा उद्यमीहरुलाई विविध र नवप्रवर्तनात्मक आइडिया प्रस्तुत गर्न लगाइएको थियो । छवटा स्टार्टअप कम्पनीहरु फाइनलमा छानिएका थिए । त्यसमध्ये वेद पनि एक थियो । विजेता भएसँगै वेदले अर्को वर्ष मार्चमा कतारमा हुने आन्ट्रप्रेनरसिप वल्र्डकपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।