Logo

बेनेलीको शोरुम पोखरामा

बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले पोखराको नयाँ बजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ । बेनेलीले आफ्ना ग्राहकको पहुँच बढाउन नेपालभर विभिन्न स्थानमा शोरुम खोल्ने प्रयास जारी राखेको छ ।

अहिले नेपालमा बिर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् । बेनेलीले नयाँ शोरुमको उद्घघाटनको उपलक्ष्यमा ३० हजार छुट, एक्सचेन्जमा न्यूनतम मूल्यांकन ४० हजार, न्यूनतम डाउन पेमेन्ट ६० हजार र ५० प्रतिशत डाउनपेमेन्टको साथ फाइनान्सिङमा शून्य प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

साथै, विद्यमान ग्राहकका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन् । यी मोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका हुन् । यी मोटरसाइकल १२५ सीसीदेखि ७५० सीसीसम्मको प्रकारमा उपलब्ध छन् र यीनको मूल्यहरू २,६४,९०० देखि २५,१५,००० म पर्दछ ।

प्रतिक्रिया दिनुहोस्