Logo

विन नेपाल लघुवित्तको बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।

एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र विन नेपाल लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्तबहादुर शाक्यले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । प्रतिसेयर एक सय रुपैयाँ अंकित ५१ हजार दुई सय ९३ कित्ता साधारण सेयर अकिंत मूल्यमा प्रिमियम थप गरी सार्वजनिक निष्काशन तथा बिक्रीका लागि एसबिआई मर्चेण्टले काम गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्