Logo

नेपाल एसबिआई मर्चेन्ट आठौं वर्षमा

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा आज सम्पन्न भएको हो ।

उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आव २०७८/७९ को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

साथै साधारणसभाले आव २०७९/८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्