Logo

कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ सेवा

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका –३ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

तिलोत्तमा नगरपालिका –३ स्थित न्यू पाल्पाली जनरल स्टोर्स (प्रो. मुना घिमिरे) शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचन र वडा नं. ३ का वडा अध्यक्ष कल्याणप्रसाद पौडेलले संयुक्त रुपमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेर सेवा शुभारम्भ गरेका छन् । कार्यक्रममा वडा नं. ३ का अन्य जनप्रतिनिधि, व्यावसायिक प्रतिनिधि, स्थानीयका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्