Logo

मेटलाइफ नेपालको बिमा सचेतना कार्यक्रम

मेटलाइफ नेपालले ललितपुरमा आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा बिमा सचेतना वाकाथनको आयोजना गरेको छ । शनिबार भएको यस ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३०० भन्दा बढी कर्मचारी र बिमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागि समाजमा बिमा सचेतना फैलाउनु रहेको कम्पनीले जनाएको छ ।

मेटलाइफका सञ्चालन प्रमुख देवकिशोर लालले कार्यक्रमको औपचारिक उद्घाटन गरी सहभागीहरूलाई सम्बोधन गरेका थिए । उनले भने, “देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या बिमाको दायरामा नआएकाले बिमा बारे जानकारी प्रदान गर्न महत्वपूर्ण छ ।”

५ डिसेम्बर २००१ मा आफ्नो सञ्चालन सुरु गरेको, मेटलाइफले हालै १० लाख भन्दा बढी मानिसहरुलाई जीवन बिमाद्वारा सुरक्षा प्रदान गर्दै आएको छ । मेटलाइफले ३१६ करोड भन्दा बढी दावीहरू भुक्तानी गरेको छ र ४५ हजारभन्दा बढी जनशक्ति विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्