शिखर र स्टयाण्डर्डबीच बैंकासुरेन्स सम्झौता

शिखर इन्स्योरेन्स र स्टयान्डर्ड चार्टर्ड बैंक नेपालबीच बैंकासुरेन्स सम्झौता भएको छ । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे र स्टयान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार शिखर इन्स्योरेन्सको विस्तारित शाखा सञ्जालको माध्यमबाट स्टयान्डर्ड चार्टर्ड बैंकका ग्राहकले सर्भसुलभ बिमा सुबिधा तथा दाबी फछ्र्योट सुबिधा प्राप्त गर्न सक्नेछन् ।
बैंकका सेवाग्राहीहरूले सर्भसुलभ रूपमा शिखर इन्स्योरेन्सबाट अग्नि बिमा, स्वास्थ्य बिमा, मोटर बिमा, यात्रा चिकित्सा बिमालगायत विभिन्न निर्जीवन बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।