शिवम् सिमेन्टद्वारा ‘शिवम्सँग उपहार टन्न’ योजना सार्वजनिक «

शिवम् सिमेन्टद्वारा ‘शिवम्सँग उपहार टन्न’ योजना सार्वजनिक

शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ योजना सार्वजनिक गरेको छ । सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्गलाई दिँदै कम्पनीले सर्वाधिक धनराशिको यो ग्राहकमुखी उपहार योजना ल्याएको हो । यस योजनाअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले हातखाली नहुने एउटा स्क्रया कुपन प्राप्त गर्नेछन् । उक्त कुपन स्क्रया गरी २ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार जित्नसक्ने कम्पनीले जनाएको छ ।

सोही कुपनको आधारमा ग्राहकहरुले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमासमेत गरी एउटै कुपनबाट तीन पटकसम्म जित्ने मौका पाउनेछन् । जसअनुसार हरेक महिनाको लक्की-ड्रमार्फत पहिलो पुरस्कार २ जोडी भाग्यशाली ग्राहकहरुलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेतालाई हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाई आधा केजी चाँदी, चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथा पाँचौं पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट लक्की ड्रमार्फत जित्न सक्नेछन् । तर, अन्तिम महिनामा प्राप्त कुपनहरु मसिक लक्की ड्रमा समावेस नभई मेघा लक्की ड्रमा मात्र समावेस गरिने कम्पनीले जनाएको छ ।

मासिक लक्की ड्रमा समावेश भएको, तर उपहार जित्न नसकेको कुपन योजनाअन्तर्गतको अन्तिम महिनाको कुपनसँगै मेगा लक्की ड्रमा पुनः समावेश हुनेछ भने मेगा लक्की ड्रमार्फत २ जना भाग्यशाली ग्राहकले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सक्नेछन् । लक्की ड्रको कुपनमा उल्लेखित विवरण र मोबाइल नम्बरको आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दाबी गर्नुपर्ने कम्पनीले जानकारी गराएको छ ।

यो उपहार योजना २०७९ मंसिर १८ देखि नेपालभर लागू गरिएको छ । स्क्रयामार्फत हात खाली नजाने पक्का उपहारअन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीको लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गरी शिवम् सिमेन्टको विक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्