Logo

विश्वकप विशेष योजना : ३ सय भाग्यशालीले सिनेमा हलमा फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धनका लागि आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई लक्षित गरी ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ । यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ (NIC ASIA MoBank) एप प्रयोग गरी विश्वकपका खेलहरुको सही विजेता अनुमान गर्ने फुटबल प्रेमी ग्राहकहरुमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ ।

साथै, उक्त योजना अन्तर्गत भाग्यशाली ३ सय जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्नेछ । २० लाख पटक भन्दा बढी डाउनलोड भैसकेको NIC ASIA MoBank एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिकासहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ । जसको आधारमा ग्राहकहरूले प्रत्येक खेल सुरु हुनुअघि विजेता अनुमान गर्न सक्नेछन् ।

काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३ सय वटा टिकटमध्ये १ सय ४० वटा ग्राहकहरूलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १ सय ६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्