Logo

नेपलिज एसोसिएशन इन नर्दन टेरिटरी र जुपिटर मिडियाबीच छलफल

अस्ट्रेलियाको नर्दन टेरिटरीस्थित डार्विन शहरमा रहेका नेपालीहरुको वृद्धि विकास र संस्कृतिक विविधताका विषयमा जानकारी गराउने उद्देश्यले नेपलिज एसोसिएशन इन नर्दन टेरिटरी (एनएएनटि) र जुपिटर मिडियाबीच छलफल भएको छ । ‘इन्टरएक्सन एबाउट डेभेलप्मेण्ट अफ नेपलिज डाएस्पोरा इन नर्दन टेरिटरी’ विषयक सो छलफल कार्यक्रममा केबिए ग्लोबलका सिईओ तथा फेडेरेसन अफ नेपलिज युथ इन्टरप्रिनर संयोजक शम्भु कंडेलले कार्यक्रमको महत्व र आवश्यकताका बारेमा प्रकाश पारेका थिए ।

सह-आयोजकका रुपमा रहेको जुपिटर मिडियाका निर्देशक सुनिल आचार्यले कार्यक्रम डेस्टिनेसन अस्ट्रेलिया र अस्ट्रेलियामा रहेका नेपालीको प्रगतिमा आफ्ना टेलिभिजन कार्यक्रम र मिडियाहरुबाट नेपालीहरुको प्रगतिलाई रेखांकन गर्न पाउँदा आफु निकै खुशी लागेको बताए । एनएएनटिका पूर्व अध्यक्ष सुदीप श्रेष्ठले धरहरा बनाउन आफु कसरी उत्प्रेरित भएको बारे आफ्नो धारणा राख्दै डार्विनमा हाल झन्डै ७ हजार नेपाली बसोबास गर्दै आइरहेको जानकारी दिए ।

कार्यक्रममै एनएएनटिका सल्लाहकार डिल्ली बिनाडीले हुर्किंदै गरेको नेपाली समुदायका बारेमा र नेपालीको इतिहासलाई समेत चित्रण गर्दै आफ्नो मन्तव्य राखेका थिए । साथै कार्यक्रममा उक्त समारोहका संचालक कंडेलले डार्विनमा हाल नेपालीहरु विभिन्न ५० वटा व्यवसायमा आबद्ध भएको र २०० जना नेपालीका लागि रोजगारी सिर्जना गरेको जानकारी गराए । नर्दन टेरिटरीमा रहेका नेपालीहरुले खेलकुदमा हासिल गरेको उपलब्धिका बारेमा डार्विन हर्ट्स फुटबल क्लबका सचिव फिरोज रानाले जानकारी दिए ।

डार्विन हर्ट्स फुटबल क्लब राज्य स्तरमै प्रिमियर लिग खेल्ने पहिलो नेपाली फुटबल क्लब हो । कार्यक्रममा चार्ल्स डार्विन विश्वविद्यालय, क्यान्टरबरी इन्स्टिच्युट अफ म्यानेजमेन्ट, बेसाइड इन्टरनेसनल कलेज, सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट, डार्विन सिटी कलेज लगायत शैक्षिक संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा एनएएनटिका पूर्व अध्यक्ष युवराज पन्त, गैरआवासीय नेपाली नर्दन टेरिटरीका सचिव शिवराम पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्