Logo

वार्षिकोत्सवमा भिभोको उपहारसहित सेल्स कार्निभल

स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ । विगत पाँच वर्षदेखि बजारमा आफ्नो बलियो उपस्थितिको फलस्वरूप, भिभो नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको हो । पाँचौं वार्षिकोत्सवको उपलक्ष्यमा भिभोले आफ्ना प्यारो उपभोक्तालाई आभार प्रकट गर्न आकर्षक उपहारहरु र विशेष मूल्य कटौतीसहित आफ्नो वार्षिक सेल्स कार्निभल सुरु गरेको छ ।

भिभो सेल्स कार्निभल अन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोन खरिद गरेर बम्पर लक्की ड्र मा दुई जनाले ४३ इन्चको भिडियोकन स्मार्ट टिभी, हरेक हप्ता एक जनाले भिभो वाई१५सी, हरेक हप्ता दुई जनाले जेबेल्जको स्मार्टवाच, हरेक दिन दुई जनाले नोइज इयरबड र ३० हजार रुपैयाँभन्दा माथिको कुनै पनि फोन खरिदमा थप ६ महिनाको वारेन्टीसहित आकर्षक पुरस्कारहरू जित्ने मौका पाउनेछन् ।

यसका लागि लक्की ड्र मा सहभागी हुन ग्राहकहरुले भिभो दसैं डेटकम वा भिभोको सामाजिक सञ्जालमा भएको क्यूआर कोर्ड स्क्यान गरेर आवश्यक विवरण पेश गेरेपछि तत्कालै आफूलाई परेको पुरस्कार थाहा पाउन सक्नेछन् । पुरस्कार जित्नका साथै, ग्राहकहरूले कार्निभल अवधिभरि केही उत्कृष्ट स्मार्टफोनहरू अझ सुपथ मूल्यमा किन्न सक्छन् जसअन्तर्गत सेल्स कार्निभल अवधिका लागि वाई २१ (४+६४जीवी) को मूल्यमा एक हजारले घटाइएको छ ।

त्यस्तै वाई१५ एस र वाई१५सी को मूल्य रु. १५०० ले घटाइएको छ । यससँगै कार्निभल अवधिका लागि वाई२१, वाई१५एस र वाई१५सी को नयाँ मूल्य क्रमशः २१,९९९, १८४९९ र १६,४९९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्