सामसङ डिजिटल प्लाजा बुटवलमा «

सामसङ डिजिटल प्लाजा बुटवलमा

सामसङ इलेक्ट्रोनिक्सको आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रालिको सहकार्यमा अत्याधुनिक र सुविधासम्पन्न १४ औं सामसङ डिजिटल प्लाजा बुटवलमा बिहीबारदेखि शुभारम्भ भएको छ । यो सामसङ डिजिटल प्लाजाले सामसङका विश्वस्तरीय उत्पादनहरू टिभी, मोबाइललगायतका सामसङका सामानहरू प्रदर्शन तथा बिक्री वितरण गर्ने कम्पनीले जनाएको छ । बजारमा उच्चस्तरीय सामसङका सामानहरूको बढ्दो मागले गर्दा बुटवलमा नयाँ शो–रुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवती मल्टी सप्लायर्ससँग सहकार्य गरेको हो । नयाँ शोरुम उद्घाटनको अवसरमा भगवती मल्टी सप्लायर्सका प्रोप्राइटर शिखर थापा र सपन पाण्डेयले भने, “हामी विश्वकै अग्रणी ग्लोवल ब्रान्डसँग जोडिन पाएकोमा र यहाँ सुरुवातमै ग्राहकहरूले दिनुभएको प्रतिक्रियाले हामी हर्षित भएका छौँ ।”
उहाँहरूले बुटवलकोे व्यस्त बजारमा खुलेको नयाँ शो–रुमबाट ग्राहक महानुभावहरूले नयाँ अनुभव गर्ने र आफूहरूले राम्रो ग्राहक सेवा दिने प्रतिबद्ध गरेका छन् । दुवै प्रोपराइटरहरूले भने, “हामीले दिने सेवाले बुटवल र बुटवललाई व्यावसायिक केन्द्र बनाउनु हुने ग्राहकको हृदय जित्ने कुरामा विश्वस्त छौँ ।”

प्रतिक्रिया दिनुहोस्