राजस्व संकलन गर्न काठमाडौं महानगरपालिका र खल्तीबीच सम्झौता

‘खल्ती’ले काठमाडौं महानगरपालिकासँग साझेदारी गरि कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ । यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने विभिन्न करहरू खल्तीमार्फत सहजै भुक्तानी गर्न सक्नेछन् । यसअघि यो सेवा करदाता पोर्टलमा लग इन गरि मात्र भुक्तानी उपलब्ध थियो भने खल्तीले यसलाई एपमा नै सक्षम पारेर भुक्तानीलाई अझ सहज र झन्झटमुक्त बनाएको छ । ‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो ।
२० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ता रहेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदान प्रदानको सेवा दिँदै आएको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्तालाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको दावी गरेको छ ।