Logo

आइएमई पेको डिशहोम नकआउट तीन सय अफर

आइएमई पेले ‘डिशहोम नकआउट तीन सय’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र ३०० रुपैयाँमा आइएमई पे एपबाट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘नकआउट’ प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ ।

जसमार्फत ग्राहकले वर्ल्डकप प्याकेजको पूर्णमूल्य ५६५ रुपैयाँ तिर्दा २६५ रुपैयाँ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन् । यो अफर सीमित अवधिको लागि मात्र लागु हुनेछ र यस अफरमार्फत पहिलो ३०० ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्न कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्