गरिमा विकास बैंकको मोबाइल बैंकिङमा नेपाल पे क्यूआर

गरिमा विकास बैंकको मोबाइल बैकिङबाट अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल पे क्यूआर स्क्यान गरी क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।
बैंकले नेपाल पे क्यूआरमा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्यूआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपाल क्यूआर स्थापना र सञ्चालनमा आएको हो । जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकले छुट्टै स्कीमको रुपमा र मर्चेन्ट वा अन्य क्यूआर स्कीम सँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।
बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरुबाट बैंकको मोबाइल एप वा नेपाल पे क्यूआरमा आबद्ध अन्य मोबाइल बैंकिङ एप वा वालेट एपमार्फत सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्ने बताइएको छ । यसरी गरिमा विकास बैंकको मोबाइल बैंकिङमा नेपाल पे क्यूआर जोडिँदा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप वृद्धि हुने अपेक्षा गरीएको बैैंकले जनाएको छ ।