पोखरामा जेके टायरको ‘रिट्रिड सेन्टर’ «

पोखरामा जेके टायरको ‘रिट्रिड सेन्टर’

जेके टायरको रिट्रिड सेन्टर पोखरामा स्थापना भएको छ । भारतमा ३५ स्थानमा रिट्रिड सेन्टर स्थापना गरेको कम्पनीको यो ३६ औं सेन्टर हो । नेपालमा पहिलो पटक पोखराको औद्योगिक क्षेत्रस्थित स्वरुप टायर एन्ड ट्रेड इन्डस्ट्रिजमा रिट्रिड सेन्टर स्थापना गरिएको कम्पनीले जनाएको छ । बुधबार एक कार्यक्रमकाबीच रिट्रिड सेन्टरको उद्घाटन गरिएको सञ्चालक मोहनबाबु खड्काले जानकारी दिए ।
कम्पनीका भाइस प्रेसिडेन्ट दिनेश डि दसानीले सेन्टरको औपचारिक शुभारम्भ गरे । उक्त अवसरमा बोल्दै उनले जेके टायर नेपाली बाटो तथा हावापानी सुहाउँदो भएकाले बजार बिक्री राम्रो रहेको बताए । आफ्ना ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्ने लक्ष्यअनुसार रिट्रिड सेन्टर स्थापना गरिएको उनले भनाइ छ । अत्याधुनिक प्रविधिबाट टायरहरू रिपेयर गरिने खड्काले जानकारी दिए । “फुल्ली अटोमेटिभ मेसिनबाट ग्यारेन्टीका साथ रिपेरिङको काम गरिन्छ,” उनले भने । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष चन्द्रबहादुर कुँवरले प्रतिस्पर्धी बजारमा कम्पनीहरूले स्तरीय सेवा दिएर ग्राहकको विश्वास जित्नुपर्ने बताए ।
कार्यक्रममा जेके टायरका जनरल म्यानेजर संदिप जैन, रिट्रिड हेड अजय चौरासिया, जेके टायर नेपाल हेड जितेश माथुर, एरिया म्यानेजर विक्रम सिंह, नेपाल डिष्ट्रिव्युटर रंजित पोखरेललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्