Logo

व्यापार नभए पनि न्यानो लुगाको मूल्य अकासियो

मंसिर लागेसँगै जाडोको मौसम सुरु भइसकेको छ । बजारमा नयाँ लुगा भित्रिने क्रम बढ्दै छ । यसमध्ये पनि जाडोमा लाउने ज्याकेट, स्वेटर, टोपी, जुत्ताको गत वर्ष भन्दा मूल्य भने बृद्धि भएको छ । कोभिड १९ पछि विश्वभर देखिएको आर्थिक मन्दीका कारण गत वर्ष भन्दा यो वर्षमा न्यानो लुगाको मूल्य वृद्धि भएको व्यवसायीले बताएका छन् ।

गत वर्ष २ हजारमा पाउने ज्याकेटको मूल्य यो वर्ष दोब्बरले बढेको छ । असनमा लुगा व्यवसाय गर्दै आएका बिष्णु काफ्ले अघिल्लो वर्षको तुलनामा हरेको वस्तुको मूल्य बढेको बताउँछन् । “जाडोका हरेक वस्तुको मागसँगै मूल्य पनि बढ्को छ । ज्याकेटको मूल्य गत वर्षको तुलनामा दोब्बरले बढेको छ” उनले भने, “कोभिडको कारणले हरेक वस्तु जस्तै जाडोमा लगाउने लुगाको मूल्य पनि बढेको छ ।”

असनमा विगत ५ वर्षदेखि व्यापार गर्दै आएका काफ्लेले बिगत वर्षको जाडो मौसम भन्दा यो वर्ष यस्ता वस्तुको मूल्य बढेको अनुभव सुनाए । मूल्य बढी भएका कारण यो वर्ष न्यानो कपडा बिक्री नभएको व्यापारीको भनाइ छ । कोरोना कालदेखि सामानको मूल्य बढेपनि बजार चलायमान हुन सकेको छैन । अहिलेको उत्पादकले कोरोना कालमा भएको आर्थिक क्षतिलाई पूर्ति गर्न रिटेलमा भन्दा पनि होलसोलमा बढि वस्तुको मूल्य बढाउको देखिन्छ । बजारमा ग्राहकको माग अनुसारको सामान आउने गरेका छन् ।

हालै सम्पन्न निर्वाचनका कारण पनि मंसिरको तेस्रो हप्ता लाग्दा समेत कपडा बजारमा भने चहलपल नदेखिएको व्यपारी बताएका छन् । चुनावमा गाउँ फर्केका मानिस काठमाडौं फर्किएपनि बजार सुस्ताएको छ । असनका अर्को व्यपारी धिरज गुप्ता विगतमा कोभिडले सम्पूर्ण विश्वमा असर पारेको भएपनि हाल बजार पूर्णरुपमा चलामान भएपनि व्यापार नभएको बताए ।

लामो समयको कोरोना संकटपछि धेरै मानिसको रोजगारी गुमेका कारण पनि बजार चलामान भएपनि व्यपार नभएको उनीहरुको भनाइ छ । ग्राहक देवराज चापागाइँ अहिले रोजगारी नभएर मानिसको जिवनशैली र आर्थिक अवस्थामा परिवर्तन आएपछि खरिद क्षमता समेत घटेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्