भारतले नेपाललाई दिने सहयोगमा वृद्धि «

भारतले नेपाललाई दिने सहयोगमा वृद्धि

यो वर्षको युनियन बजेटमा विदेश मामिला मन्त्रालयलाई १५ हजार ११ करोड भारुको बजेट छुट्ट्याइएको छ । यो गत वर्षको तुलनामा २१३ करोड भारुले बढी हो । बजेटमार्फत नेपालले विभिन्न आयोजनाका लागि १० अर्ब ४० करोड नेपाली रुपैयाँको सहयोग पाउने भएको छ । नेपाललाई छुट्ट्याइएको यो रकम अघिल्लो आर्थिक वर्ष अर्थात् २०१७–१८ को तुलनामा ७५ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षमा नेपाललाई ६ अर्ब नेपाली रुपैयाँको सहयोग छुट्ट्याइएको थियो । विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण र यो सहयोग संयोग भएको छ ।
बजेटमा सेसेल्सका लागि दिइने सहयोगमा पनि अघिल्लो वर्षको २ सय करोड भारुबाट बढाएर ३ सय करोड भारु पुरयाइएको छ ।
कुलमा विभिन्न मुलुकलाई दिइने सहयोग ५ हजार ५ सय ४५ करोड भारु कायम गरिएको छ । यसमा भुटानलाई २ हजार ६ सय ५० करोड भारु, अफ्रिकी मुलुकका लागि २ सय करोड भारु, बंगलादेशका लागि १ सय ७५ करोड भारु र श्रीलंकाका लागि १ सय ५० करोड भारु छुट्ट्याइएको छ ।
सरकारले हज तीर्थयात्राको सहयोग फिर्ता लिने घोषणा गरेसँगै यो वृत्तमा कुनै पनि कोष छुट्ट्याइएको छैन ।
बजेटले म्यानमारको योजनाका लागि २ सय ८० करोड भारु छुट्याएको छ । भारतले गत डिसेम्बरमा म्यान्मारसँग सामान्य अवस्थाको पुनः स्थापना र रखाइन राज्यको विकासका लागि एक सम्झौतामा हस्ताक्षर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्