Logo

नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच सम्झौता

नेपाल बैंक लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरामा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंकका नायब प्रमूख कार्यकारी अधिकृत समता पन्त र नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रमराज गौतमले हस्ताक्षर गरे ।

कार्यक्रममा बोल्दै बैंकका नायक प्रमूख कार्यकारी अधिकृत पन्तले बैंकका तर्फबाट विमानस्थलमा हुने बैंकिङसम्बन्धी कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। प्राधिकरणका निर्देशक गौतमले नेपाल बैंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने छ र आगामी दिनमा नेपाल बैंक र नागरिक उड्डयन प्राधिकरणकोदेखिको सम्बन्ध थप प्रगाढ बन्दै जाने छ भन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल बैंक लिमिटेड, गण्डकी प्रादेशिक कार्यालयका प्रमूख प्रतिमा श्रेष्ठ, नेपाल बैंक लिमिटेड मार्केटिङ एण्ड रिसर्च डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, नेपाल बैंक लिमिटेड पृथ्वीचोक शाखाका शाखा प्रबन्धक चतुर्भुज अर्याल, पोखरा अन्तराष्ट्रिय विमानस्थलका कर्पोरेट शाखा प्रमुख तथा उपप्रबन्धक विष्णुप्रसाद अधिकारीलगायत दुवै संस्थाका कर्मचारीहरूको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्