धरहरा पुनर्निर्माण गर्न रकम अभाव «

धरहरा पुनर्निर्माण गर्न रकम अभाव

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विनाशकारी भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणका लागि रकम अपुग हुने भन्दै थप रकमको माग गरेको छ । पुनर्निर्माण प्राधिकरणले सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत धरहरा पुनर्निर्माणका लागि छुट्याएको रकम अपुग हुने भन्दै थप रकम माग गरेको हो ।
पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटमा १ अर्ब रूपैयाँ छुट्याइएको भए पनि अपुग हुने बताए । उनले त्यसका लागि अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको तथा मन्त्रालयले पनि कामको प्रगति विवरण हेरेर रकमको कुनै अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।
सरकारले धरहरा र रानीपोखरी पुनर्निर्माण, विश्व सम्पदा सूचीमा परेका सम्पदाहरूको परामर्श तथा अध्ययन, सिंहरदबारस्थित पुरानो संसद् भवन (ग्यालरी बैठक) अध्ययनलगायतका कार्यका लागि आगामी आर्थिक वर्षको बजेटमा ६ अर्ब ९ करोड रूपैयाँ छुट्याएको छ । जसमध्ये २ अर्ब ३८ करोड सरकारका तर्फबाट र ३ अर्ब बराबरको रकम दाताको तर्फबाट खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस्