यतीमा यात्रा गर्ने विष्टले जिते यामाहाको स्कुटर

यती एयरलाइन्सले ल्याएको चाडपर्व उडान अफरको विजेता कुनाल विष्ट बनेका छन् । विष्टले यामाहा कम्पनीको तर्फबाट दुई लाख ८६ हजार ९०० रुपैयाँ मूल्य बराबरको यमाहा रे जेड आर स्कुटर प्राप्त गरेका छन् ।
विष्टले भद्रपुर–काठमाडौं उडान गरेका थिए । यस्तै, दोस्रो पुरस्कार दीपक थापाले हात पारेका छन् । उनले बालाजी डाइमण्डको तर्फबाट ८२ हजार रुपैयाँ मूल्य बराबरको हिराको टप प्राप्त गरे । थापाले भैरहवा–काठमाडौं उडान गरेका थिए ।
यसैगरी, तेस्रो पुरस्कार पोखरा–काठमाडौं उडान गरेकी कल्पना गुरुङले प्राप्त गरेकी छन् । उनले ५९ हजार ९९९ रुपैयाँ मूल्य बराबरको यसुदा वासिङ मेसिन प्राप्त गरिन् ।