विराटनगर इन्टरनेशनल कलेजका ६२ विद्यार्थी दीक्षित

विराटनगर इन्टरनेशनल कलेज विराटनगरको दीक्षान्त समारोह २०२२ सम्पन्न भएको छ। एतिहासिक र भव्य रूपमा सम्पन्न दीक्षान्त समारोहमा बिएससी (अनर्स) इन्टरनेशनल बिजनेस मेनेजमेन्ट विषयमा ६२ जना विद्यार्थी दीक्षित भएका छन्। दीक्षान्त समारोहमा बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति (प्रो भाइस चान्सलर) टिच स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए ।
तीनवर्षे तह अध्ययनपछि विद्यार्थीले भविष्यमा नयाँ कामको खोजी गर्न सक्नेछन्। दीक्षान्त समारोहले आफूहरूलाई गर्वको महसुस भएको विद्यार्थीहरूले बताएका छन् । दीक्षान्त समारोहमा अभिभावकसँगै प्रमाणपत्र लिन आएका विद्यार्थीले यो समय आफूहरूको लागि अत्यन्तै महत्वपूर्ण र शैक्षिक उन्नयनको लागि मुख्य विषय भएको बताए ।
स्नातकतह पार गरेपछि उत्कृष्ट विद्यार्थीलाई पोष्ट ग्रयाजुएट तहको लागि इनोभेट नेपाल ग्रुपले छात्रवृत्तिको व्यवस्था गरेको कलेजले जनाएको छ । ती विद्यार्थीले हेराल्ड कलेज काठमाडौंमा इन्टरनेशनल एमबिए अध्ययन गर्न पाउनेछन् । जुन आइएनजीले सञ्चालन गरेको छ ।