नेशनल लाइफको अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
खत्रीले अभिकर्ता पेशालाई व्यवसायिक बनाउँदै उनीहरुको जिवनस्तर मा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यश प्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए । साथै उनले बीमा ऎन २०७९ का आधारभुत विषयवस्तु बारे प्रकाश पारे ।
कम्पनीका बजार व्यस्थापन विभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाई प्रस्तुति कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा सुर्खेत शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई खत्रीले सम्मान गरेका थिए ।
सुर्खेत शाखा प्रमुख बलबहादुर सिजपतीको सभपतित्वमा सम्पन्न सो कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले धन्यवाद ज्ञापन गरेका थिए ।