आज शेयर बजार साढे ३ अंकले घट्यो «

आज शेयर बजार साढे ३ अंकले घट्यो

आज शेयर बजार साढे तीन अंकले घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ५१ अंकले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ विन्दुमा झरेको छ । आज दुई सय ३८ वटा कम्पनीको २३ लाख ५५ हजार कित्ता शेयर ८४ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ ।

माइक्रोफाइनान्सबाहेक अरू समूहको शेयर घटेको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको चार करोड ७९ लाख र नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज लक्ष्मी इक्विटी फन्डको शेयर साढे ५ प्रतिशत र विन नेपाल लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि ग्रीन लाइफ हाइड्रो र खप्तड लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्