Logo

सामसङको दसैं अफरका विजेता घोषित

सामसङले यसपालिको दसैंमा आफ्नो प्रयोगकर्ताहरुको लागि ल्याएको ‘यो वर्षको दसैं उपहार डेली टिभी, ड्याम्मै कार’ उपहार योजनाका विजेतालाई पुरस्कार वितरण गरेको छ । यसअनुसार २६ जनाले ६५ इन्चको टिभी जितेका छन् भने एक जनाले बम्पर उपहारस्वरुप कार पाएका छन् । यो अफर २८ अगस्टदेखि ३० सेप्टेम्बरसम्म चलेको थियो । सो बम्पर पुरस्कार विजेताले रेनोको क्विड कार पाएको कम्पनीले जनाएको छ ।

यस अफरमा भाग लिन र लटरीको हिस्सा बन्न सामसङको ग्राहकहरुले अफर अवधिभर कुनै पनि सामसङको आधिकारिक आउटलेट वा इकमर्स साइटबाट सामसङको कुनै पनि स्मार्टफोन वा ट्याब्लेट खरिद गर्नुपर्ने थियो । सो अवधिभरि दैनिक विजेताहरु हरेक हप्ता पीएएन नेपालद्वारा सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमा घोसित गरिएको थियो।

अफर ५ सेप्टेम्बरबाट सुरु हुँदै ५ हप्तासम्म भएको थियो । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सबै भाग्यशाली विजेताहरूलाई बधाई दिए । सामसङले सधैं ग्राहकको कदर गर्दै उनीहरुको लागि वर्षैभरि केही न केही नयाँ र रोमाञ्चक अफरहरु लिएर आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्