एनआइबिएल एस क्यापिटल र एचएमडिएलबीच सम्झौता «

एनआइबिएल एस क्यापिटल र एचएमडिएलबीच सम्झौता

नेपाल एनआइबिएल एस क्यापिटल र एचएमडिएलबीच लगानी सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवन्थबहादुर पाण्डे र एचएमडिएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा भाइस चेयरम्यान अभिषेक दुगडले हस्ताक्षर गरेका छन् ।

भारतको सबैभन्दा ठूलो सल्ट टु सफ्टवेयर कम्पनी टाटा ग्रुपको पूर्ण स्वामित्वमा रहेको कम्पनी टाटा मेडिकल एन्ड डायग्नोस्टिक्ससँगको सहकार्यमा एचएमडिएल मेडिकल उपकरण रिएजेन्ट्सहरू, फार्मास्युटिकल ड्रग्स एवम औषधिलगायतका सामानहरू विकास गर्ने, उत्पादन गर्ने र बजारीकरण गर्ने मेडिकल टेक र डायग्नोस्टिक क्षेत्रको अग्रणी कम्पनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्