टाइगर प्यालेसमा एसबिआई बैंकका ग्राहकलाई छुट

रुपन्देहीको कोटिहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टमा एसबिआई बैंकका ग्राहकले सेवा उपभोग गरेवापत छुट पाउने भएका छन् । छुट पाउने सम्झौतामा एसबिआई बैंकका भैरहवा शाखा प्रबन्धक दिलीप राय तथा टाइगर रिसोर्टका कार्यकारी सहायक प्रबन्धक डेन्जुङ शेर्पाले हस्ताक्षर गरेका छन् ।
अब तिलोत्तमा–१३ मा रहेको टाइगर वन प्रालिद्वारा सञ्चालित टाइगर प्यालेस रिसोर्टमा एसबिआई बैंकका ग्राहकले बास बस्दा तथा फुड बेभरेजमा छुट पाउने रिसोर्टका निमित्त महाप्रबन्धक मिलन कुँवरले बताए । कुँवरका अनुसार उक्त छुटका लागि बैंकद्वारा जारी भिसा डेबिट कार्ड तथा एसबिआई मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता भने हुनुपर्नेछ । बैंकका ग्राहकहरुलाई लक्षित गरी टाइगर प्यालेस रिसोर्टमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरेवापत विभिन्न सेवामा छुट दिने सम्झौता भएको बैंकले जनाएको छ ।