नबिल बैंकले हुन्डाईका ईभी खरिद गर्नेलाई १२.९९ प्रतिशतमा ऋण दिने

हुन्डाईको लागि नेपालस्थित आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल र नबिल बैंकबीच सवारीसाधन खरिदका लागि ऋण प्रवाह गर्ने सम्झौता भएको छ । दुई संस्थाबीच ईभी र इन्टरनल कम्बस्टन इन्जिनयुक्त सवारीसाधन खरिद गर्ने ग्राहकलाई ऋण दिने सम्झौता भएको हो।
नबिल बैंकका डेपुटी सीईओ सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले समझदारीपत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार हुन्डाईका सवारीसाधन खरिद गर्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा ऋण पाउनेछन् । आवश्यक कागजात पुगेको खण्डमा बैंकले सात वर्षका लागि तीन कार्यदिनभित्र ऋण स्वीकृत गर्नेछ ।
विद्युतीय गाडीको हकमा ग्राहकले व्यक्तिगत रुपमा ८० प्रतिशतसम्म र संस्थागत रुपमा ७० प्रतिशतसम्म ऋण पाउनेछन् । त्यस्तै इन्टरनल कम्बस्टन इन्जिनयुक्त सवारीसाधनका हकमा व्यक्तिगत ग्राहकलाई ५० प्रतिशत र संस्थागत ग्राहकलाई ७० प्रतिशत ऋण प्रवाह हुनेछ । यसका लागि ग्राहकले नबिल बैंकका कुनै पनि शाखा वा हुन्डाईका देशैभरका १७ मध्ये कुनै पनि शोरुममा गएर थप बुझ्न सक्नेछन् ।